२८ असार २०८३, आइतबार

बेपत्ता बालिका खोजी गरिदिन परिवारको आग्रह

बेपत्ता बालिका खोजी गरिदिन परिवारको आग्रह

भक्तपुर ९ च्यामासिंहकी एक बालिका साउन ११ गतेदेखि बेपत्ता भएकी छन् । भक्तपुर नगरपालिका ९ च्यामासिंहकी १६ वर्षीया बालिका रीता मानन्धर बेपत्ता भएकी हुन् ।

उनी साउन ११ गते बिहान ६ बजे घरबाट कसैले खबर नगरी बेपत्ता भएको परिवारले जनाएको छ । बालिका बेपत्ता भएपछि अभिभावकले खोजीका लागि प्रहरीमा उजुरी दिएको छ । 

भक्तपुर प्रहरीका अनुसार उनले प्रयोग गर्ने मोबाइल अन्तिमपटक साउन १३ गते उदयपुरको त्रियुगा नगरपालिका ढल्केबर चोक एरियामा देखिएको छ । बालिकालाई भारतर्फ लैजानसक्ने भन्दै प्रहरीले त्यस क्षेत्रका प्रहरी इकाइ तथा स्थानीयबासीलाई समेत सजग रहन आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्