२७ जेठ २०८३, बुधबार

टाटा मोटर्सले जुलाई गर्‍यो अहिलेसम्मकै उच्च बिक्री

टाटा मोटर्सले जुलाई गर्‍यो अहिलेसम्मकै उच्च बिक्री

टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । 

विगत एक वर्षदेखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको कम्पनीले दावी गरेको छ । 

कम्पनीका अनुसार, यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरू बिक्री भएका छन् । अघिल्लो वर्षको जुलाई महिना ३० हजार १८४ वटा गाडीहरू बिक्री भएको थियो । तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो । 

नेक्सन सम्पूर्ण गाडी उद्योेगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरूमध्ये पनि एक हो । 

यस एसयुभी बाहेक पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको कम्पनीले जनाएको  छ । 

परिणामस्वरुप टाटाका गाडीहरूको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ/ नयाँ रेकर्ड कायम भइरहेको कम्पनीले जनाएको  छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो । 

यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को शुरूवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरूको बिक्री परिमाणमा ठूलो वृद्धि भएको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार, गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । 

सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोश्रो मोडल हो ।

गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको थियो । जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । 

यो संख्या कम्पनीको आजसम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च भएको पनि कम्पनीले जनाएको छ । 

आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्