×

NMB BANK
NIC ASIA

टाटा मोटर्सले जुलाई गर्‍यो अहिलेसम्मकै उच्च बिक्री

साउन १७, २०७९

NTC
Premier Steels

टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । 

Muktinath Bank

विगत एक वर्षदेखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको कम्पनीले दावी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका अनुसार, यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरू बिक्री भएका छन् । अघिल्लो वर्षको जुलाई महिना ३० हजार १८४ वटा गाडीहरू बिक्री भएको थियो । तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।


Advertisment
Nabil box
Kumari

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो । 

Vianet communication

नेक्सन सम्पूर्ण गाडी उद्योेगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरूमध्ये पनि एक हो । 

यस एसयुभी बाहेक पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको कम्पनीले जनाएको  छ । 

परिणामस्वरुप टाटाका गाडीहरूको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ/ नयाँ रेकर्ड कायम भइरहेको कम्पनीले जनाएको  छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो । 

यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को शुरूवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरूको बिक्री परिमाणमा ठूलो वृद्धि भएको कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार, गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । 

सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोश्रो मोडल हो ।

गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको थियो । जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । 

यो संख्या कम्पनीको आजसम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च भएको पनि कम्पनीले जनाएको छ । 

आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x