२८ जेठ २०८३, बिहीबार

अर्जुनले अञ्जुसँगको स्वरमा ल्याए तीज गीत ‘नाँचम नाँचम ओइ’ (भिडियो)

अर्जुनले अञ्जुसँगको स्वरमा ल्याए तीज गीत ‘नाँचम नाँचम ओइ’ (भिडियो)

गायक अर्जुन सापकोटाको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।

मंगलवार सार्वजनिक ‘नाँचम नाँचम ओइ’मा अर्जुनलाई गायिका अञ्जु पोख्रेलले स्वरमा साथ दिएकी छिन् । 

कृष्ण बस्यालको शब्द रहेको गीतमा अर्जुनकै संगीत एवं हुकलाइन छ । 

विश्वास नेपालले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सरद एलजीको नृत्य एवं अभिनय छ । 

गायक–गायिका अर्जुन र अञ्जु स्वयं पनि भिडियोमा प्रस्तुत छन् । 

अमर सुनार ‘म्याक्स’को निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।

अर्जुन पछिल्लो समय लोकदोहोरीमा रुचाइएका गायक हुन् । 

अर्जुनका ‘वनकी चरी’, ‘फुल्यो गुराँस’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’ लगायतका गीत करोड क्लबमा छन् । 

पछिल्लो समय म्युजिक भिडियोमा पनि उनि उत्तिकै रोजाइमा परिरहेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्