१६ असार २०८३, मंगलबार

कैलालीमा बाघ आतंक

कैलालीमा बाघ आतंक

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् । 

गाउँ नजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतङ्कित भएको सोही वडा निवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए । “दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित बनेका गाउँवासीलाई सुरक्षित रहन र एक्लै जङ्गल क्षेत्रमा नहिँड्न भनेका छौँ”, उपाध्यक्ष साउदले भने, “बाख्रा मरेर क्षति बेहोरेका किसानलाई गाउँपालिकाले सक्दो राहतको व्यवस्था गर्ने तयारीमा छौँ ।” 
 
एकैसाथ ठूलो सङ्ख्यामा बाख्रा मारेको घटनापछि गाउँमा बाघ पस्न सक्ने भन्दै त्रासमा गाउँवासी छन् ।  स्थानीयवासी धर्मराज मिजारका छ खसी चार बाख्रा, नवीन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालाका दुई बाख्रा, सावित्रा बडुवालका एक बाख्रा बाघले झम्टेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्