२३ जेठ २०८३, शनिबार

विद्युत‍्‍को समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

विद्युत‍्‍को समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई स्थानीय नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न भन्नुभएको दिएका हुन्।

मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिए । 

मुख्यमन्त्री भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल विद्युत्को लाइन विस्तारका लागि पहल थाल्नुपर्नेमा जोड दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्