१९ असार २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्री र सचिवलाई देउवाको निर्देशन : मुलुकको हितलाई ध्यानमा राखेर काम गर्नू

सिंहदरबारमा मन्त्री र सचिवलाई देउवाको निर्देशन : मुलुकको हितलाई ध्यानमा राखेर काम गर्नू

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका छन् । 

त्यस अवसरमा उनले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न आग्रह गरे । प्रधानमन्त्रीले नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न बैठकमा निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनले भने, ‘आज मुख्यतयाः सबै मन्त्रीजीहरुले आ–आफ्नो मन्त्रालय र मुलुकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा धारणाहरू राख्नु भयो । र, मुलुकको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीले केही धारणाहरु राख्नु भएको छ । र, सम्माननीय प्रधानमन्त्रीले मुलुकको हितलाई सर्वोपरी ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका निमित्त तपाईहरु समर्पणका साथ अगाडि बढ्नुहोस् । अव हामी चाँडै नै चुनावको चरणमा प्रवेश गर्दैछौं । त्यो कुरालाई पनि ध्यानमा राखेर तपाईहरु अगाडि बढनुहोस् भनेर निर्देशन दिनु भएको छ ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेका थिए भने अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्