२८ जेठ २०८३, बिहीबार

चीन–अमेरिका तनावः सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

साउन १८, २०७९
चीन–अमेरिका तनावः सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलोसीले बुधबार  ताइवानी राष्ट्रपतिसँग भेटवार्ता गर्दैछिन् ।  बुधबार बिहान ताइवानी राष्ट्रपति त्साई इंगवेनबीच भेटवार्ता हुने स्थानीय सञ्चारमाध्यामले जनाएका छन् । त्यसपछि भने उनले ताइवान छाड्नेछिन् ।  यो भ्रमण अमेरिका–ताइवान साझेदारी थप बलियो बनाउने रणनीति रहेको बताइएको छ।  
यता पोलोसीको भ्रमणपछि चिढिएको चीनले  बुधबारदेखि नै  तीनदिने सैन्य अभ्यास गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले ताइवान सीमाक्षेत्र वरीपरी ‘लाइभ फायर’ अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास हुने क्षेत्रमा गैरसैनिकदेखि जहासम्मलाई प्रवेश निषेध गरिएको चिनियाँ राज्य नियन्त्रित मिडियालाई उदृत गर्दै बीसीसीले जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्