२७ जेठ २०८३, बुधबार

राजदूतलाई बोलाएर चीनले गर्‍यो विरोध

साउन १८, २०७९
राजदूतलाई बोलाएर चीनले गर्‍यो विरोध

अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले राजदूतलाई बोलाएर विरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेको हो । 

चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन चुप नबस्ने पनि बताएका छन् । 

मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्‌मा पुगेकी छिन् भने आजै राष्ट्रपतिसँग भेटवार्ता गरेर फर्किने कार्यक्रम रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्