
सप्तकोशी नदीले बाँध फुटाएर गाँउ पस्न थालेको छ ।
बाँध फुटाएर बेलका नगरपालिका–८ डुम्री बोटे लाहुरेखोचबाट सप्तकोसी नदी पश्चिमतर्फ पसेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।
४९ वर्ष पछि सप्तकोशी नदि पहिलेकै धारमा पुगेको छ । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो ।
प्रहरी उपरीक्षक बोहोराका अनुसार खोला बस्तीमा बस्दा २४ सय घर परिवार विस्थापित हुने अनुमान गरिएको छ ।
‘जोखिम बढ्दै गएको छ । हामीले सुरक्षित स्थानमा भएका आफन्तकहाँ जान पनि भनेका छौँ । सुरक्षित स्थान तर्फ सार्ने काम पनि शुरू गरेका छौं,' उनले भने ।
नदी पश्चिमतर्फ प्रवेश गर्दा सुनसरीको बराह क्षेत्र नगरपालिकाका श्रीलंका टापुका पनि ५ सयभन्दा बढी परिवार विस्थापित हुने अनुमान गरिएको छ ।
उनीहरू सुरक्षित स्थानतर्फ सर्न थालिसकेको प्रहरीले जनाएको छ ।