२१ जेठ २०८३, बिहीबार

ताइवानका विषयमा चीनलाई पूर्ण साथ दिने रुसको भनाइ

साउन १८, २०७९
ताइवानका विषयमा चीनलाई पूर्ण साथ दिने रुसको भनाइ

अमेरिकी सभामुख न्यान्सी पलोसी गरेको ताइवान भ्रमण विशुद्ध उत्तेजनात्मक गतिविधि भएको रुसले बताएको छ । 

मंगलवार रुसका राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले वाशिङटनसँग बेइजिङको विवादमा मस्कोले बेइजिङलाई पूर्ण समर्थन गर्ने बताए । 

‘हामी चीनसँग पूर्ण एक्यबद्धता व्यक्त गर्छौं,’ पेस्कोभले बताए, ‘त्यस विषयमा चीनको संवेदनशीलतालाई बुझ्न सकिन्छ । त्यो जायज छ । अनि त्यसलाई सम्मान गर्नुको साटो अमेरिकाले भिडन्तको बाटो रोजेको छ । यसले सुखद भविष्यको संकेत गर्दैन । वाशिङटनको निर्णय निन्दनीय छ ।’

ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढेर युद्ध भएमा रुसले आफ्नो सीमा रक्षाका लागि आफ्नै सैनिक खटाउने पनि उनले जानकारी दिए । 

‘उत्तेजनात्मक परिस्थिति उब्जिए पनि हाम्रो सम्पूर्ण सीमाको सुरक्षा हाम्रै सेनाले गर्नेछ,’ उनले दाबी गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्