२९ जेठ २०८३, शुक्रबार

मकवानपुरमा २८ जनामा डेंगुको संक्रमण

मकवानपुरमा २८ जनामा डेंगुको संक्रमण

मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन् ।

कोरोना संक्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

साउनको १५ दिनमा २८ जना डेंगु रोगको संक्रमणबाट बिरामी भएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । हेटौंडा उपमहानगरपालिका–४ र ५ मा डेंगुका बिरामी देखिएका बताइएको छ । 

मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा बढी बिरामी रहेका जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रूपमा डेंगुको संक्रमण देखा परेको छ ।

सूचना अधिकारी घिमिरेले १५ दिनमा यतिधेरै बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताए । संक्रमित हेटौंडाको वडा नम्बर ४ तथा ५ का रहेका र उनीहरूको उपचार भइरहेको उनले बताए ।

कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्यांक आउन बाँकी छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको सोही अवधिमा जिल्लामा १ जनामा कालाजार भएको छ भने हेटौंडाका ९ जनामा स्क्रवटाइफस संक्रमण भएको बताइएको छ ।

गत आवमा २९५ जना डेंगुको संक्रमणबाट बिरामी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्