३० असार २०८३, मंगलबार

काठमाडौंबाट मुम्बई प्रस्थान गर्न लागेको विमानबाट एकजना पक्राउ, विमान 'होल्ड'

काठमाडौंबाट मुम्बई प्रस्थान गर्न लागेको विमानबाट एकजना पक्राउ, विमान 'होल्ड'
फाइल फोटो

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको मुम्बई प्रस्थान गर्न लागेको विमानबाट १ जना पक्राउ परेका छन् ।

मुम्बईका लागि उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद व्यक्ति चढेको विशेष सूचना पाएपछि नेपाल प्रहरी विशेष ब्यूरोको टोलीले विमान केहीबेर होल्ड गराएर एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिको सम्बन्धमा प्रहरीले थप विवरण खुलाएको छैन । प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्