२५ जेठ २०८३, सोमबार

पलोसी भ्रमणपछि चीनले चाल्यो यस्ता कदम

साउन १८, २०७९
पलोसी भ्रमणपछि चीनले चाल्यो यस्ता कदम

अमेरिकी सभामुख न्यान्सी पलोसीले पूर्वी एसियामा अस्थिरता फैलाउने उद्देश्यले गरेको भ्रमणको प्रतिक्रियास्वरूप चीनले विभिन्न कदम चालेको छ । 

चीनले अमेरिकासमक्ष कूटनीतिक स्तरमा भ्रमणको निन्दा गरेको छ । 

त्यसका साथै उसले सैन्य अभ्यास पनि थालेको छ । अभ्यासका क्रममा उसले आणविक वारहेड समेत बोक्न मिल्ने क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको छ । तर आणविक वारहेड नै उपयोग गरेको चाहिँ छैन । 

चीनले सैन्य अभ्याससँगै ताइवान टापुको आंशिक नाकाबन्दी गरेको छ । कम्तीमा पाँच दिन यस्तो नाकाबन्दी रहनेछ । 

ताइवानको हवाईक्षेत्रमा विमानहरू उड्न चीनले रोक लगाएको छ । 

अमेरिकामा बनाउन खोजिएको सीएटीएल ब्याट्री कारखानालाई चीनले तत्कालका लागि रोकिदिएको छ । पाँच अर्ब डलर बराबरको उक्त कारखानाले अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने थियो । 

ताइवानतर्फ निर्यात गर्ने प्राकृतिक बालुवामा चीनले प्रतिबन्ध लगाएको छ । त्यो बालुवा सिमेन्ट र शीशा बनाउनका लागि उपयोग गर्ने गरिन्थ्यो । 

ताइवानबाट चीनतर्फ निर्यात हुने विभिन्न वस्तुमा चीनले प्रतिबन्ध लगाएको छ । 

ताइवानका विभिन्न संस्थाहरूसँग सहकार्य गर्न चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध लगाइएको छ । 

अमेरिकाको अर्घेल्याइँमा चीनले जनाउने मुख्य प्रतिक्रिया आर्थिक क्षेत्रमा केन्द्रित हुनेछ । तर वर्तमान घटनाक्रमले ताइवानका विषयमा निकट भविष्यमा युद्ध हुन सक्ने सम्भावना बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्