१० साउन २०८३, आइतबार

घरको छतमा तरकारी फलाएर दैनिक १५ हजार आम्दानी

कात्तिक २०, २०७४
घरको छतमा तरकारी फलाएर दैनिक १५ हजार आम्दानी

पाल्पा, १३ साउन– जमिन छैन, तर उनले ७० किलो तरकारी उत्पादन गरी बेचे । श्रम, ज्ञान र सीपको प्रयोग गरेर पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२, पोखराथोकका एक किसानले घरको छतमा राखिएका ड्रममा गरिएको तरकारी उत्पादन जमिन बिना पनि उत्पादन सफल हुँदोरहेछ भन्ने एक नमूना हो ।

तरकारी खेती गर्नका लागि प्रशस्त जमिन चाहिन्छ भन्ने मान्यतालाई उनले गलत साबित गरे । पाल्पा पोखराथोकका ५७ वर्षीय कवि नेपालले प्लास्टिकका ड्रममा तरकारी खेती गरी सफलता पाएपछि श्रम र पसिना पोखेको अवस्थामा प्रशस्त जमिनको अभावमा पनि तरकारी खेती गरी आम्दानी गर्न सकिने बताए ।

एउटा सिङ्गो ड्रमलाई काटेर उनले दुईओटा भाँडा बनाएका छन् । माटोले भरिएका ड्रमका दुईओटा भाडामा सिमी ४० किलो, लसुन १५ किलो, प्याज १५ किलो र बोडीसमेत उत्पादन भएको नेपालले बताए । बारीमा झैँ बाँसका झिक्रामा झाल बेरिएर सीमी फलेका छन् ।

मुटुको बाइपास सर्जरी गरेका बिरामी नेपाल बिहान बेलुका छतमा चढ्नुहुन्छ, कहिले तरकारी खेतीमा चाहिने पानी हाल्नुहुन्छ त कहिले ड्रममा झार गोड्छन्, यसरी घरमा नै विषादीविहीन तरकारी उत्पादनमा केन्द्रित छन् उनी । यो समयमा उनी रु १५ हजार आम्दानी गर्नसमेत सफल भएका छन् ।

जमिन नभएकोमा चिन्ता लिनु पर्दैन । नेपालले घरको छतमा तरकारी खेती गरेर बूढेसकालमा समयको सदूपयोग गरी शरीरलाई नियमित कसरत गर्ने र भान्छामा विषादीविहीन तरकारी पकाउने उनलाई दोहोरो फाइदा भएको छ । यो उनको समय बिताउने काम मात्र होइन, दुई–चार रुपैयाँ पनि कमाउने र शरीरलाई स्वच्छ र स्वस्थ राख्न समेत सफल हुने विधि पनि हो ।

उनको दुईतले पक्की घरको छतमा ड्रममा गरिएको तरकारी खेती वन्यजन्तुबाट पनि सुरक्षित रहेको छ ।

सिमी, बोडी, प्याज, लसुन लगायतका तरकारीले घरको सौन्दर्यसमेत बढाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा बसोबास गर्ने जो कोहीले पनि जमिनको अभावमा घरमा नै तरकारी खेती गरेर आत्मनिर्भर बन्दै दुई–चार पैसा कमाउन सकिने सम्भावना उनले देखाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्