२८ जेठ २०८३, बिहीबार

डोक्लाम विवादमा चीन भयो लचिलो

कात्तिक २०, २०७४
डोक्लाम विवादमा चीन भयो लचिलो

काठमाडौं, १३ साउन — डोक्लाम विवाद उठेपछि भारत र चीनका शीर्ष अधिकारीबीच भएको पहिलो बैठकमा मुठभेड अन्त्यका लागि गम्भीर कूटनीतिक प्रयासको सम्भावना खुलेको देखिएको छ ।


भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बेइजिङमा भइरहेको ब्रिक्स मुलुकहरूको समकक्षीसँगको बैठकका क्रममा चिनियाँ स्टेट काउन्सिलर याङ जिएचीलाई भेटेका छन् ।

भारत र चीनबीचको विशेष दूत स्तरीय संवादका लागि चीनतर्फबाट नियुक्त याङ चीनका शक्तिशाली नेता हुन् ।

यी दुईबीचको भेटघाटपछि सिन्ह्वाले लेखेको एक टिप्पणीमा दुई देशबीचको पारस्परिक विश्वास बढाउनुपर्ने बताइएको छ । शुक्रवार डोभलले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ र त्यसअघि दुई देशबीचको विवाद चर्काउन नहुने टिप्पणी सार्वजनिक भएसँगै अवतरणको दिशामा गइरहेको जस्तो देखिन्छ ।

सिन्ह्वाले युद्ध रोक्नका लागि बलियो आह्वान गरेको छ । ‘पश्चिम लगायतका धेरैजसो अर्थतन्त्रहरू भारत–चीन युद्धबाट प्रभावित हुन्छन् किनकि अहिलेको युग भूमण्डलीकृत र जेलिएको छ,’ टिप्पणीमा लेखिएको छ ।

विवाद शुरु भएपछि चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले चर्को कुरा गरिरहेको बेलामा सिन्ह्वाको टिप्प्णीले तनाव घटाउन मद्दत गर्ने देखिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्