साउन २६, २०७९
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानमा प्रमुख स्वकीय सचिव गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरणसहित प्रचण्ड जापान प्रस्थान गरेका हुन् ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ । प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् ।
यस्तै आइतबार नै प्रचण्ड नेपाली जनप्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।
त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ ।
प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ । पाँच दिने जापान भ्रमण पुरा गरेर प्रचण्ड साउन २५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले योग्यता नै नपुगेका व्यक्तिलाई खानेपानी महसुल निर्धारण आयोगको अध्यक्ष बनाउने तयारी गरेका छन्। खानेपानी मन्त्रालय उच्च स्रोतका अनुसार आवश्यक शैक्षिक योग्यता तथा अनुभव समेत नपुगेका...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीन...
विप्लव नेतृत्वको नेकपासहितका साना ४ कम्युनिस्ट घटकले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक वक्तव्य जारी गर्दै चार साना कम्युनिस्ट घटकले बन्दसहितको चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । गठबन्धन सरका...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । नेपालको सचिवालयका अनुसार उनी अहिले सामान्य लक्षण सहित घरमै...
सप्तकोशी नदी गाउँमा पस्दा विस्थापित बनेकाहरू अझै घर फर्कन सकेका छैनन् । उदयपुरको बेलाका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ मंगलवार राति कोशी बस्तीमा पसेपछि विस्थापित बनेका ३ सयभन्दा बढी घर जान...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ८ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...