२६ असार २०८३, शुक्रबार

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्‍निच्यूडको भूकम्प

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्‍निच्यूडको भूकम्प

शनिबार बिहान भूकम्प गएको छ । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्‍निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रबिन्दु भएर बिहान ५ बजेर २६ मिनेट जाँदा सो भूकम्प गएको जानकारी दिए । 

भूकम्पको काठमाडौंमा कडा महसुश भएको थियो । यस्तै नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि भूकम्पको महसुश भएको बताइएको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्