
अफगानिस्तानको राजधानी काबुलस्थित हजारा मस्जिदमा बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।
बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । महिलाहरूलाई लक्षित गरेर बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा महिला र बालबालिका बढी प्रभावित बनेका छन् ।
शिया मुसलमानको मस्जिदमा गरिएको बिस्फोटक दर्दनाक रहेको स्थानीयले सञ्चारमाध्यमलाई बताएका छन् । घटनामा १८ जना घाइते भएका छन् ।