०८ असार २०८३, सोमबार

प्रचण्ड टोकियोमा, राजदूत सुवेदीद्वारा स्वागत

प्रचण्ड टोकियोमा, राजदूत सुवेदीद्वारा स्वागत


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको टोकियो पुगेका छन् । पाँच दिने जापान भ्रमणका सिलसिलामा प्रचण्ड शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।  प्रचण्डलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पुगेका थिए ।  नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्ड त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।

प्रचण्डले शनिबार जापानको  फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्ने कार्यक्रम छ । आइतबार प्रचण्डले हिरोसिमाको पनि भ्रमण गर्नेछन् । यस्तै आइतबार नै प्रचण्ड नेपाली जनप्रगतिशील मन्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरूबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् । 

त्यहाँ रहँदा अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ । 
प्रचण्डको भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्नुका साथै नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीचमा विश्वास र सहकार्यमा बढोत्तरी हुने विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्