२९ असार २०८३, सोमबार

दिल्लीको ‘रेडलाइट एरिया’ जीबी रोडको व्यथा : छोराहरू सरकारी कर्मचारी र सैनिक, आमा यौनकर्मी !

साउन २१, २०७९
दिल्लीको ‘रेडलाइट एरिया’ जीबी रोडको व्यथा : छोराहरू सरकारी कर्मचारी र सैनिक, आमा यौनकर्मी !

भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड यौनकर्मीका लागि चर्चित ठाउँ हो । जहाँ विभिन्न उमेरका महिलाहरू शृंगारमा सजिएर देखावटी मुस्कानसहित ग्राहकको प्रतीक्षा गर्छन् तर उनीहरूको मनमा छुट्टै पीडा र व्यथा हुन्छ ।

जीबी रोड दिल्ली एनसीआरको सबैभन्दा चर्चित रेडलाइट एरिया हो । अंग्रेजको जमानादेखि नै सञ्चालनमा रहेको जीबी रोडको नाम सन् १९६५ मा स्वामी श्रद्धानन्द मार्ग राखियो तर नाम राखेर के हुन्थ्यो ? जीबी रोड जस्ताको त्यस्तै छ ।

झरी होस् वा हावाहुरी, चिसो होस् वा गर्मी । जीबी रोडका महिलाहरू सदैव यौनकर्ममा व्यस्त रहन्छन् । कोही दिउँसो आउँछन् त कोही राति । सबै उमेर समूहका महिला यौनकर्मी भए पनि ग्राहकबाट पाइने मूल्य भने फरक–फरक हुने गरेको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

भर्खरका युवतीले दैनिक २५–३० हजार रुपैयाँसम्म कमाउँछन् तर उमेर बढेसँगै यौनकर्मीको कमाइ पनि घट्दै जान्छ । जीबी रोडमा काम गर्ने ४०% महिला ४५ वर्षभन्दा बढीका छन् । यहाँ ५०–५५ वर्षका महिला पनि छन् ।

स्थानीय एनजीओले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षाका लागि कण्डम वितरण र उपचारको सेवा दिँदै आएका छन् । डा. नगमा कमलले १२ वर्षदेखि जीबी रोडमा स्वास्थ्य सेवा दिइरहेको बताइन् । ‘यहाँका २–३ हजार महिलालाई स्वास्थ्य सुविधा र जनचेतना दिएकी छु,’ उनले भनिन् ।

जीबी रोडमै स्वास्थ्य क्षेत्रमा कार्यरत डा. सुरभीले सरकारी जागिरे आफन्त भएका महिला समेत यहाँ आउने गरेको बताइन् । ‘कतिपय महिलाले हामीलाई आफ्ना व्यथा बताउने गरेका छन् । एक महिलाका पति धेरै रक्सी खाने भएकाले उनले यहाँ आउनुपरेको थियो । यहीँबाट कमाइ गरेर ती महिलाले २ छोरा र १ छोरीलाई पालिन्, पढाइन् । अहिले एक छोरी सरकारी कर्मचारी र एक छोरा सैनिकमा कार्यरत छन्, तैपनि ती महिला यहाँ आउँछिन्,’ उनले भनिन् । ती महिलाकी छोरी स्नातक पढिरहेकी छन् । ‘मलाई कुनै नराम्रो लाग्दैन, किनकि आफ्ना बच्चाहरूका लागि केही त गरिरहेकी छु,’ ती महिलाको भनाइ उदृत गर्दै डा. सुरभीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्