२९ जेठ २०८३, शुक्रबार

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । 

ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् । 

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्‍याएको छ । शुक्रवार राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । 

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पु¥याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताए । ‘निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ’, उनले भने । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्