काठमाडौं १३ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शुक्रबार बिहान बसेको पार्टी पदाधिकारीको बैठक सकिएको छ । विभिन्न ७ वटा निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अध्याय समाप्त भएको समेत घोषणा गरेको छ ।
यस्तै देशभरका सबै नगरपालिका र गाउँपालिकामा हिन्दुराष्ट्र जागरण सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
