
राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८२औँ हप्तामा गैरी गाउँ बागमती पक्की पुल नजिकै सफाइ गरिएको छ । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नागरिक समाज सञ्जालका पदाधिकारी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, वाग्मती फोहर उन्मुलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धको समूह, लियो क्लब अफ सिद्धार्थ गौतम बुद्धका समूह, स्थानीयवासी एवं वाग्मती अभियानकर्मीको सक्रियता थियो ।