३१ जेठ २०८३, आइतबार

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

यी क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

आइतवार बिहान गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही  स्थानहरुमा  हल्का  वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर आंशिक बदली रहेको छ भने केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको विभागले जनाएको छ । 

आइतवार दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्