३० जेठ २०८३, शनिबार

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा छलफल हुँदै

चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा छलफल हुँदै

 निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतवार प्रतिनिधि सभामा छलफल हुँदैछ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको  बैठकमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ । 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ । छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ ।

१ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्