२० असार २०८३, शनिबार

मेस्सी चम्किँदा पीएसजीको सुखद शुरूआत

साउन २२, २०७९
मेस्सी चम्किँदा पीएसजीको सुखद शुरूआत

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेका छन् ।

शनिवार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५-० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे ।

खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरूआती अग्रता दिलाए ।

२६ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

खेलको ३८ औं मिनेटमा मार्किन्हसले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो।

खेलको ८० औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए ।

जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्