विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्प फायर सम्पन्न भएको छ । शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा शुरू भएको क्याम्पमा शनिवार राति ‘क्याम्प फायर’को आयोजना गरिएको हो ।
नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सम्पन्न बस्तीमा क्याम्प जारी रहेको छ । विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा क्याम्प सञ्चालन गरिएको हो ।
क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरू, शिक्षक, रोबर–रेन्जरलगायतले सहभागिता जनाएका थिए । विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन् ।