
काठमाडौं, १३ साउन — फ्रेन्च फ्राइजको नाम सुन्दा मात्र पनि मानिसहरूको मुखमा पानी रसाउन थाल्छ । फिंगर चिप्स पनि भनिने यो खानेकुरा संसारभरि प्रसिद्ध छ । तर फ्रेन्च फ्राइजले स्वास्थ्यमा नराम्रो असर पनि गर्छ । यो खाँदा उच्च रक्तचापदेखि लिएर मुटुरोगसम्मको सम्भावना हुन्छ ।
रक्तचाप
तारेको आलु त हो फ्रेन्च फ्राइज । यसरी तारेको आलु खान पल्केको व्यक्तिलाई उच्च रक्तचापको खतरा हुन्छ । आलु तारेपछि त्यसलाई पचाउन एकदम गाह्रो हुन्छ । तारेको आलुले शरीरमा चिनीको मात्रा पनि बढाइदिन्छ र मधुमेह गराइदिन्छ ।
तौल बढ्ने
मिडियम फ्राइजमा करीब ५४२ क्यालोरी हुन्छन् । आलुलाई फ्राई गर्दा त्यसका सबै पोषक तत्त्व सकिन्छन् । यसमा फ्याट, स्टार्च र तेलको मात्रा धेरै बढ्छ । दिनदिनै खाँदा तौल बढ्न थाल्छ ।
स्वास्थ्यमा खतरा
म्याकडोनाल्डमा वा मलमा बर्गर र फ्रेन्च फ्राइज खाने बानी लागेपछि ज्यान गुम्ने खतरा हुन्छ । यसमा धेर पोटेसियम हुन्छ जसले शरीरमा अनेकथरी रोग लगाउँछ ।
क्यान्सर
लगभग आठ वर्षको अनुसन्धानले फ्रेन्च फ्राइजमा उपलब्ध एक्रिलामाइड केमिकल हानिकारक हुन्छ । यसको अत्यधिक सेवन गर्दा क्यान्सर नै लाग्छ । तीनदेखि पाँच वर्षका बच्चालाई त यसको बढी नै असर पर्छ ।
मुटुरोग
तारेको र मसला हालेको आलुलाई चार हप्ताभन्दा बढी खाँदा मुटुरोगको सम्भावना बढ्छ । पुरुष र स्त्री दुवैलाई समान रूपमा रोगको खतरा आइलाग्छ ।
एजेन्सी