
‘प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको असक्षम भए उनको नेतृत्वमा भएको प्रतिनिधि सभाको पुनर्स्थापना र प्रधानमन्त्री नियुक्तिको परमादेश कसरी वैध हुन्छ ?’, भनी एक सांसदले प्रश्न सोधेका छन् ।
जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता गरिएको महाभियोग प्रस्ताव माथिको छलफलमा आइतवार भाग लिँदै नेमकिपा सांसद प्रेम सुवालले ‘असक्षम’ आरोप लगाइएको प्रधानन्यायाधीशले गरेको पुनर्स्थापना कसरी वैध भनी प्रश्न गरेका हुन् ।
‘प्रतिनिधिसभा पुनर्स्थापना गराउनको लागि पाँच दलीय गठबन्धनबाट प्रधानन्यायाधीश जबरामाथि के–के दबाब आएको हो ? उनले बयान दिनुपर्छ’ सुवालले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापना गर्ने प्रधानन्यायाधीश सअक्षम भएको हुँदा महाभियोग शिकार बन्नु पर्यो । प्रधानमन्त्री नियुक्ति कसरी वैध हुन्छ ?’
प्रतिनिधि सभामा जारी महाभियोग प्रस्ताव माथिको छलफलमा सत्ता पक्षका सांसदहरुले महाभियोग प्रस्तावको बचाउ गरेका छन भने प्रतिपक्षी सांसदले विरोध जनाएका छन् ।