०२ साउन २०८३, शनिबार

जडिबुटी निकासीबाट झण्डै १६ लाख राजश्व संकलन

कात्तिक २०, २०७४
जडिबुटी निकासीबाट झण्डै १६ लाख राजश्व संकलन

मनाङ, १३ साउन– यार्सागुम्बा, जिम्बु, वनलसुन, सतुवालगायत जडिबुटीबाट आर्थिक वर्ष २०७३/७४ मा रु १५ लाख ९८ हजार राजश्व संकलन भएको छ ।

गत आवमा जिल्लामा ६२।५५ किलो यार्सागुम्बा संकलन भएको थियो । प्रतिकिलो रु २५ हजारका दरले रु १५ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाका अनुसार जीम्बूबाट रु दुई हजार ५००, वन लसुन ४६० किलोको रु ६ हजार ९०० र सतुवा १७० किलोको रु दुई हजार ५५० राजश्व संकलन भएको थियो ।

कुट्की, पाँचऔंले र जटामसी पनि ठूलो परिमाणमा संकलन गरिन्छ । तर कानूनी रुपमा सरकारले ती जुडीबुटी संकलनको अनुमति दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्