×

NMB BANK
NIC ASIA

नेप्से परिसूचकको उकालो यात्रा जारी

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ ।

Muktinath Bank

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १० अंकले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो उपसमूहको शेयर मूल्यमा चार दशमलव ५५ अंकले ओरालो लागे । त्यस्तै बैंकिङ शून्य दशमलव २२, व्यापार ४७ दशमलव छ, होटल तथा पर्यटन ६० दशमलव ७४, विकास बैंक ५२ दशमलव ४४, जलविद्युत् २६ दशमलव २२, वित्त ३३ दशमलव पाँच,  निर्जीवन बीमा शून्य दशमलव ७५, उत्पादन दुई दशमलव ७४, अन्य २२ दशमलव ५७, लघुवित्त २७ दशमलव ८८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई, लगानी शून्य दशमलव २७ अंकले उकालो लागेको छ ।


Advertisment
Nabil box
Kumari

आइतवारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३० अर्ब ५५ करोड ४६ लाख छ हजार छ सय ७५ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ बराबरको कारोबार भयो ।

Vianet communication
Laxmi Bank

त्यस्तै नबिल बैंक रु १२ करोड ७३ लाख ४१ हजार नौ सय आठ, फरवार्ड माइक्रोफाइनान्स रु नौ करोड ९२ लाख ९६ हजार पाँच सय ५६, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड १० लाख २९ हजार १५ र हिमालयन डिस्टिलरी रु छ करोड ६८ लाख ५२ हजार छ सय आठ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै तेह्रथुम पावर कम्पनी नौ दशमलव ६५, उपकार लघुवित्त नौ दशमलव १३, गुहेश्वरी मर्चेन्ट बैंक आठ दशमलव ७५, एनआइसी  एशिया सेलेक्ट फण्डका लगानीकर्ताले सात दशमलव  २६ प्रतिशतलले कमाए ।

यस्तै नयाँ सारथी लघुवित्त तीन दशमलव ४८, सामलिङ पावर कम्पनी तीन दशमलव ४३, गरिमा विकास लघुवित्त तीन दशमलव ३८, रुरु जलविद्युत् परियोजना दुई दशमलव ९४ र विन नेपाल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ९१ प्रतिशतले गुमाए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x