०५ साउन २०८३, मंगलबार

जडीबुटी निकासीबाट १३ लाख राजस्व संकलन

जडीबुटी निकासीबाट १३ लाख राजस्व संकलन

जिल्लामा एक वर्षको अवधिमा जडीबुटी संकलनबाट करिब रु १३ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८÷७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब  १३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।  

गत आर्थिक वर्षमा सल्लाको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत् आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई  लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व संकलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए ।    

गत आर्थिक वर्ष रीट्ठा, तेजपात, अमला, गुच्चेच्याउँ, दालचिनी, पाषणवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले जनाएको छ । 

जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो संकलन र जडीबुटीहरूसमेत निकासी हुने गरेको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्