×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

मंसिर ४ मा प्रहरीको ध्यानः चुनावी सुरक्षाका लागि ४ अर्ब बजेट अनुमान

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४ अर्ब बजेट माग्न लागेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई जानकारी गरायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्च अदालतले असार १० गते समानुपातिकतर्फ कैदीबन्दी, निर्वाचनमा खटिएका कर्मचारी, प्रहरी, सेना र सशस्त्र प्रहरीले पनि भोट हाल्न पाउने फैसला गरेपछि मतदानस्थल थपिने भएकाले बजेट धेरै चाहिने भन्दै बजेट माग्न लागेको छ । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार लामो समयदेखि प्रहरीलाई आवश्यक पर्ने सवारीसाधनहरू नकिनेकाले ७०० सवारीसाधन किन्नका लागि बजेट धेरै आवश्यक परेको छ ।

Vianet communication
Laxmi Bank

विक्रम संवत् २०७० सालमा किनेका सवारीसाधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नका लागि पनि नयाँ सवारीसाधनको आवश्यकता परेको प्रहरीले बताउँदै आएको छ । देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारीसाधनका लागि बजेट उपलब्ध गराएको थिएन । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा लिएर चलाएको थियो ।

आगामी चुनावका लागि प्रहरीले १ हजार ५२९ पीकअप भ्यान तथा ११० वटा ‘वानटन’ गाडी र बस किन्नका लागि बजेट माग गर्ने तयारी भइरहेको प्रवक्ता राईले बताए । ‘प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा चलाएको थियो । अहिले १ हजार ६५० सवारीसाधन माग गर्ने तयारीमा छौं,’ डीआईजी राईले लोकान्तरसँग भने ।

उनका अनुसार प्रहरीलाई ७ हजार ८९४ सञ्चार सेट र हतियार आवश्यक रहेका छन्, जसका लागि पनि बजेट माग गर्न लागेको छ । स्थानीय तह चुनावमा प्रहरीले सेनाबाट हतियार सापट लिएर चलाएको थियो । पछिल्लो समय हतियारमा पर्नेभन्दा धेरै मूल्यमा किन्न लागेको भन्दै विरोध भएपछि रोकिएको छ ।

झण्डै १ लाख ५० हजार म्यादी आवश्यक पर्ने

प्रहरीले निर्वाचनका लागि पनि १ लाख ५० हजार म्यादी चाहिने आकलन गरेको छ । संघको निर्वाचनका लागि बनेको २५ सदस्यीय केन्द्र निर्वाचन परिचालन कमिटीले अघिल्लो चुनावमा १ लाख ५० हजार म्यादी प्रहरी आवश्यक पर्ने आकलन गरेको छ ।

स्रोतका अनुसार स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न र सुरक्षाका लागि थप म्यादी प्रहरी आवश्यक पर्ने जनाइएको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले अघिल्लो चुनावभन्दा धेरै म्यादी प्रहरी आवश्यक पर्ने भएकाले अघिल्लो चुनावभन्दा यसपालि बढी म्यादीको माग गर्ने तयारी गरेको बताए । ‘अघिल्लो चुनावमा १ लाख १६ हजार मागेका थियौं । १ लाख पायौं, अहिले झन् धेरै आवश्यक पर्छ, त्यसकारणले थप माग्ने तयारीमा छौं तर कति माग्ने भन्ने अहिले यकिन भइसकेको छैन,’ प्रवक्ता राईले भने ।

एआईजी सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय निर्वाचन सुरक्षा कमिटी गठन

निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षाका लागि प्रहरीले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ । 

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार केन्द्रमा एआईजीको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहितको कमिटी गठन भएको छ । प्रदेशमा एसएसपीको नेतृत्वमा एउटा कमिटी र जिल्लामा सिनियर प्रहरी अधिकृतको नेतृत्वमा निर्वाचनका लागि कमिटी गठन भएको छ । यी कमिटीले निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने बन्दोबस्तीदेखि निर्वाचनको सुरक्षाको काम गर्ने डीआईजी राईले बताए । 

अहिले प्रहरीले कति बजेट आवश्यक पर्छ, कुन सामग्री कति आवश्यक पर्छ, कसरी सुरक्षा दिने भन्ने विषयमा काम गरिरहेको छ ।

‘देशैभरिका निर्वाचन कमिटीले बजेटको खाका ल्याएपछि गृह मन्त्रालयमार्फत बजेट माग हुन्छ,’ प्रवक्ता राईले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x