×

NMB BANK
NIC ASIA

एमालेको आरोपः प्रधानमन्त्री देउवा संसद्प्रति जवाफदेही भएनन्

साउन २४, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएको छ । एमाले सांसद खगराज अधिकारीले प्रधानमन्त्री देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका हुन् । 

Muktinath Bank

पूर्वगृहमन्त्री समेत रहेका सांसद सांसद अधिकारीले महिनाको २ पटक प्रतिनिधिसभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिनुपर्ने नियमावली भए पनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको बताए । उनले सत्तापक्ष र सरकार संसद्प्रति जवाफदेही नभएकाले महिलाहरूको समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल पनि ओझेलमा परेको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले आफ्नो पार्टी राज्यका हरेक निकायमा महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन निरन्तर लागि रहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘संसदप्रति सरकार, सत्तापक्ष नै जवाफदेही छँदै छैन सभामुख महोदय । अनि अहिले हामीले रोदन गरेर के हुन्छ ? सत्तापक्ष नै स्वयं तयार छैन’, उनले भने, ‘अहिलेसम्म सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि यो कार्यक्रम शुरु भयो ? उहाँ जवाफदेही हुनुहुन्छ ?’

Vianet communication
Laxmi Bank

सांसद अधिकारीले महिलाहरूसँग क्षमता भएकाले उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x