१४ असार २०८३, आइतबार

भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा

भायानेटको नयाँ शाखा अब महेन्द्रनगरमा

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ।

आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब महेन्द्रनगरका सर्व-साधारण पनि लाभान्वित हुने कम्पनीले जनाएको छ । 

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको  मजा लिन पाउने कम्पनीको भनाइ छ ।

कम्पनीले महेन्द्रनगरमा सेवा विस्तार भएको अवसरमा आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ ।

साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्