०५ साउन २०८३, मंगलबार

रोजगार तथा सीप मेला आयोजना गर्दै नेपाल उद्योग परिसंघ

रोजगार तथा सीप मेला आयोजना गर्दै नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ ।

मेला आगामी कात्तिक १७  देखि ३० गतेसम्म आयोजना गर्ने परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी जनाएको छ ।

मेला काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ । 

तीन दिनसम्म हुने मेलामा २ सयभन्दा बढी कम्पनीहरूको सहभागिता रहने परिसंघले जनाएको छ ।

कर्र्पोेरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेला अवलोकन गर्ने परिसंघले जनाएको छ ।

मेलाबारे जानकारी दिँदै परिसंघका उपाध्यक्ष कृष्णकुमार अधिकारी र राजेशकुमार अग्रवालले नेपालको औद्योगिक क्षेत्र र रोजगारदाताबीचको सम्बन्ध स्थापित गराउनका लागि मेला आयोजना गरिएको जानकारी दिए । 

उनीहरूले परिसंघले जनशक्ति  र रोजगारदाताबीचको पुल बन्न खोजेको समेत बताए ।

परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा मेला आयोजना हुन लागेको हो । 

सिएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघले जनाएको छ ।

यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले जनाएको छ 

मेलाले बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम गर्ने अपेक्षा लिइएको परिसंघले जनाएको छ । 

कमेन्ट गर्नुहोस्