
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ ।
नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो ।
८ वटा बन्दुकसहित ५ जनालाई पक्राउ गरिएको जनाउँदै सेनाले जारी गरेको विज्ञप्तिमा आतंककारीहरूले नागरिक मार्ने प्रयोजनका निम्ति तस्करी गरेको ठानिएका ती हतियारसहित अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएका उल्लेख छ ।
बितेका ६ महिनामा नेगेभबाट भएका हतियार तस्करीका १० वटा घटनामा १७० भन्दा बढी हतियार इजरायलले कब्जामा लिएको नेगेभ सीमा प्रहरीले जनाएको छ । गाजा क्षेत्रमा गत शनिवार र आइतवार प्यालेस्टिनी अतिवादीहरूले घातक आक्रमण गरेपछि इजरायलले सीमापार हतियार तस्करी रोक्न गुप्तरूपमा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ ।