
प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रालि तर्फबाट अध्यक्ष डा.गणेश साहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त प्रालिबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले लोकहित डेन्टल हस्पिटल प्रालिद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
यद्यपि बिल रकम ५०० रुपैयाँभन्दा कम भएमा छुट प्रदान नहुने बैंकले जनाएको छ ।
उतm सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिकामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।