१९ असार २०८३, शुक्रबार

मनोहरा खोलाको बाढी बस्तीमा, ८० घरमा क्षति, गाइवस्तु बगायो

मनोहरा खोलाको बाढी बस्तीमा, ८० घरमा क्षति, गाइवस्तु बगायो

मंगलवार राति परेको भारी वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्रमा डुबान तथा कटान भएको छ ।

मनोहरा खोलाको डुबान र कटानका कारण ८० घरमा क्षति पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए ।

यस्तै सुकुम्बासी बस्तीका सबै घरटहरामा बाढी पसेको प्रहरीले जनाएको छ । 

चाँगुनारायण नगरपालिका वडा नं. ४ मनहरा खोला निलोपुल नजिक सुनसरीका हरी राईले सञ्चालन गरेको बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको छ ।

यस्तै चांगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसी १ वटा टहराको ४ जना  मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मनहरा खोला किनार दिब्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएकोमा फर्ममा रहेका ५०० वटा हाँस , २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको छ । 

घटनामा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

यस्तै मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी मनहरा खोला किनारमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बसोबास गर्दै आएका ७० वर्षीया पेमा तामाङको टहरा भित्र रहेको २६ बोरा चामलमा पानी पसी क्षती भएको र ४५ वटा गिरीराज कुखुराको चल्ला बगाएको प्रहरीले जनाएको छ 

salt training

कमेन्ट गर्नुहोस्