१९ असार २०८३, शुक्रबार

घरायसी विवादमा पत्नीले अचानो प्रहार गर्दा पतिको मृत्यु

घरायसी विवादमा पत्नीले अचानो प्रहार गर्दा पतिको मृत्यु

पश्चिम चितवनको पार्वतीपुरमा पति र पत्नीबीचको घरायसी झगडामा पतिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा पत्नीले अचानोले आक्रमण गरेको पाइएको हो । 

उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले पति टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । 

आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्वार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा पत्नी विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्