२१ जेठ २०८३, बिहीबार

प्रशासनका प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

प्रशासनका प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन
प्रतिकात्मक तस्वीर

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको मंगलवार राति हृदयाघातबाट निधन भएको छ । 

महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मंगलवार राति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रजिअ पौडेलले बताए ।

गत २०७८ मंसिर महिनादेखि ठाकुर जिल्ला प्रशासन कार्यालयमा कार्यरत थिए ।

salt training

कमेन्ट गर्नुहोस्