२७ जेठ २०८३, बुधबार

चीनले सार्वजनिक गर्‍यो खतरनाक सशस्त्र ड्रोन (भिडियो)

साउन २५, २०७९
चीनले सार्वजनिक गर्‍यो खतरनाक सशस्त्र ड्रोन (भिडियो)

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । 

यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ ।

बेइजिङबाट प्रकाशित हुने पत्रिका अनम्यान्ड भेहिकल्सका अनुसार, एयरोस्पेस टाइम्स फेहोङ टेक्नोलोजी कर्पोरेसनले बनाएको ड्रोनको सफल परीक्षण नमा नखुलाइएको एयरबेसमा गरिएको हो । 

यस ड्रोनको तौल १०० किलो भएको र यसले २५० किलोको पेलोड (बम) बोक्न सक्ने बताइएको छ । यो एकपटकमा २४ घन्टासम्म उड्न सक्छ । 

यस ड्रोनमार्फत सशस्त्र निगरानी, सीमा गश्ती र जलक्षेत्रीय पर्यवेक्षण गनए सकिन्छ । यो ड्रोन समूहको एक अंगका रूपमा पनि उपयोगी हुन्छ । यसले चालकयुक्त तथा चालकरहित विमानलाई विद्युतीय युद्धमा सहयोग गर्नेछ । 

http://1253985869.vod2.myqcloud.com/ee20c49fvodtransgzp1253985869/32fa2049387702304083828302/v.f100040.mp4

salt training

कमेन्ट गर्नुहोस्