२१ जेठ २०८३, बिहीबार

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले नेपाल बैंकमा इन्टर्नशीप गर्न पाउने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले नेपाल बैंकमा इन्टर्नशीप गर्न पाउने

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंक लिमिटेडमा  इन्टर्नशीप गर्न पाउने भएका छन् । 

विद्यार्थीहरूलाई इन्टर्नशीपको अवसर दिन बैंक र विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता भएको छ । 

सम्झौताअनुसार बैंकमा विद्यार्थीहरूले इन्टर्नशीपको अवसर पाउनेछन् भने विभागका विद्यार्थीहरु र प्राध्यापकहरू मार्फत बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरू संचालन गर्नेछ ।

सम्झौता अनुसार, बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ ।

 सो सूची अन्तर्गतका प्राध्यापकहरू आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्ने बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले  गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्ति स्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद तीस हजार रुपैयाँ प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा  नगद र मेडल सहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।

यसका लागि मंगलवार  नेपाल बैंक लि.को प्रधान कार्यालयमा   त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन बिभागका निमित्त बिभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् । 

  

salt training

कमेन्ट गर्नुहोस्