×

X
Nic Asia
Marvel
Khukuri

पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

बाग्लुङ | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो । 

DHARA
LAxmi BAnk

आज बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिए । अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो । खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिनुए । 

पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ । पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ । सडक पूर्णरूपमा ठप्प भएपछि ढोरपाटनदेखि बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन् ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र...

असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

असोज १६, २०७९

वर्षायाम सकिएसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।  कोरोनाले पोखराको पर्यटन व्यवसाय स...

असोज १६, २०७९

दशहारा (बडादशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ ।  महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको &ls...

असोज १६, २०७९

बडादशैंको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्म...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x