
आइएमई जनरल इन्स्योरेन्सले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई सामाजिक उत्तरदायित्व स्वरुप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो ।
क्यान्सर हस्पिटलले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरूको निशुल्क रुपमा उपचार गरिरहेकाले आर्थिक सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।