३० जेठ २०८३, शनिबार

दिपक लिम्बूले ल्याए ‘समायोजन’

दिपक लिम्बूले ल्याए ‘समायोजन’

पछिल्लो समय सांगीतिक एल्बम ल्याउने प्रचलन हराउँदै गएको छ । गायक तथा संगीतकारहरूले एउटा मात्र ट्रयाक रेकर्ड गरेर सार्वजनिक गर्ने प्रचलन बढेको छ । यस्तैमा, एक समय पाश्र्व गायनमा राज गरेका गायक दिपक लिम्बूले सांगीतिक एल्बम समायोजन सार्वजनिक गरेका छन् । 

बुधवार राजधानीमा एक कार्यक्रमबीच गायक दिपकको एकल गायन, डम्बर नेपालीको एकल शब्द तथा संगीत रहेको ‘समायोजन’ नामक सांगीतिक एल्बमको विमोचन गरिएको हो । यस एल्बममा ४ वटा गीत छन् । एक गीतमा गायक लिम्बूलाई त्रिशला गुरुङले स्वरमा साथ दिएकी छन् ।

‘समायोजन’ को निर्माण तथा ब्यवस्थापन रुकमान लिम्बूले गरेका हुन् । रुबुषा क्रियटिभ वर्क्सको प्रस्तुति रहेको एल्बममा समावेश एउटा गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बम विमोचन कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, प्रेम श्रेष्ठ, चन्द्रकुमार, सूर्यबहादुर मगर, हेमराज लिम्बू, उत्तम केसी, भीषण मुकारुङ, तारा प्रकाश लिम्बू, विनोद न्यौपाने, चन्द्रकुबेर खापुङलगायत थुप्रै स्रस्टा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उपस्थित अतिथिहरूले दिपक लिम्बुको गायकी र डम्बर नेपालीको संगीतको प्रशंसा गरे । कार्यक्रममा ‘नढाँटन हौ’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरियो । युवराज वाइवाले निर्देशन गरेको भिडियोमा गायक दिपक र इशिका लिम्बू फिचर्ड छन् । 

महेश पौडेलले छायाँकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने लोमस पौडेलले सहायक निर्देशनको जिम्मेवारी सम्हालेका छन् । युवराज वाइवाले ‘नढाँटन हौ’ को कथामा निकै नै मेहनत गरेको बताउँछन् । एउटा सामान्य परिवारले देखेको सपना पूरा गर्न गरेको मेहनतको कथा भिडियोले बोल्छ ।

salt training

कमेन्ट गर्नुहोस्