१२ असार २०८३, शुक्रबार

पत्रकारहरूमाथि हातपात गरिएकोमा महासंघको आपत्ति

पत्रकारहरूमाथि हातपात गरिएकोमा महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले स्पेस फोके टेलिभिजनका कार्यरत पत्रकारहरूमाथि भएको आक्रमणको विरोध गरेको छ । समाचार संकलनका लागि मनोहरा नगरपालिका ७ मा रहेको ओसिएन ड्रिंकिङ वाटर इन्डस्ट्रीज पुगेको पत्रकारहरू नरेन्द्र महतरा र सुरेन्द्र राउतमाथि आक्रमण भएको थियो । 

उक्त उद्योगले बजारमा पठाएको प्रशोधित पानी (जार) मा किरा भेटिएपछि सो सम्बन्धमा समाचार संकलन लागि पुगेका उनीहरूलाई बुधवार नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुवगौतमसहितले हातपात गरेका थिए । 

महासंघले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न माग गरेको छ । ‘बजारमा पठाइएको पानीमा देखिएको समस्याबारे बुझ्न र सोबारे नागरिकलाई सुसूचित र सचेत गराउन जुटेका पत्रकारमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रताविरोधी कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्