
छिमेकी मुलुक चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका खड्का र वाङकीच बिहीवार भेट भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्जीले दुई देशका विदेशमन्त्रीबीचको भेटमा नेपाल चीनबीचको सीमा सम्बन्ध र अन्य विविध पक्षमा कुराकानी भएको जानकारी दिएकी छन् । उनीहरूबीच नेपाल-चीनबीचको सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको राजदूत होउले बताएकी छन् ।
दुई देशका मन्त्रीबीच बीआरआई सम्झौता कार्यान्वयन गर्ने सहमति पनि भएको छ । त्यस्तै भेटमा दुवै देशले एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति पनि भएको चिनियाँ दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. खड्का गत मंगलवार भ्रमणका लागि चीन प्रस्थान गरेका थिए ।