१९ असार २०८३, शुक्रबार

नाडाले पहिलोपटक इभी एक्स्पो गर्दै, ३८ वटा ब्राण्डका चार पाङ्ग्रे र दुई पाङ्ग्रे इभी राखिने

नाडाले पहिलोपटक इभी एक्स्पो गर्दै, ३८ वटा ब्राण्डका चार पाङ्ग्रे र दुई पाङ्ग्रे इभी राखिने

 नाडाले आगामी भदौ ६-९ गतेसम्म 'नाडा इभी एक्स्पो' आयोजना गर्ने भएको छ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले बिहीबार आगामी भदौ ६ गतेदेखि ९ गतेसम्म नाडा इभी एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ।

नाडाले पछिल्लो समय नाडा अटो शो गर्दै आएको थियो। तर कोरोनाका कारण दुई वर्षसम्म स्थगित भएको थियो।

नाडाले दुई वर्षपछि यही भदौमा नाडा अटो शो गर्ने तयारी गरेको थियो। तर पछि सरकारले प्यासेन्जर भेहिकलमा प्रतिवन्ध लगाएपछि इभीको एक्स्पो गर्न लागेको हो।

 सरकारले इभीको गाडीहरुलाई आयात प्रतिबन्ध नलगाएका कारण इभी एक्स्पो गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए। इभी एक्स्पोमा १२ वटा चारपाङ्ग्रे र २६ वटा दुईपाङ्ग्रे विद्युतीय सवारीहरू देख्न पाइने थापा बताउँछन्।

भदौं १-५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले इभी गाडीका अधिकृत बिक्रेतालाई सहभागी हुन आव्हान गरे।

salt training

कमेन्ट गर्नुहोस्