×

NMB BANK
NIC ASIA

प्रसारण पूर्वाधार निर्माणमा विद्युत् प्राधिकरणको प्रगति

साउन २६, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

विद्युत् वितरण तथा प्रसारणका लागि महत्त्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रूपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ । 


Advertisment
Nabil box
Kumari

ग्रीड सवस्टेसनको क्षमता ७०४ एमभिए बराबर थपिएको छ । प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 

Vianet communication
Laxmi Bank

अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा आवद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करीब १ हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करीब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ । 

सो आवमा मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन  मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । 

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन पनि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।  

लामो समयदेखि जीर्ण बनेको भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भई सञ्चालन भएको छ । रुपन्देही भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको निर्माणसँगै करीब २०० मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ । 

मैनहिया सवस्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि भारतसँगको विद्युत् व्यापारका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ । 

आव २०६५/६६ मा शुरू भई विभिन्न समस्या झेल्दै जीर्ण बनेको ४० किलोमिटर लामो सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कुसाहा–विराटनगर १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, ढल्केवार–बाँणगंगा १३२ केभी, खिम्ती–गज्र्याङ १३२ केभी र  खिम्ती–बाह्रविसे–लप्सीफेदी ४०० केभी निर्माण सम्पन्न हुने क्रममा छ । त्यस्तै बलेफि–बाह्रबिसे करिडोर १३२ केभी, चिलिमे–त्रिशूली २२० केभी, मस्र्याङ्दी करिडोर २२० केभी, कालिगण्डकी करिडोर २२० केभी, दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने क्रममा छ । 

लेखनाथ–दमौली २२० केभी, डाँडाखेत–राहुघाट १३२ केभी, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी,  हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी, बर्दघाट–न्यू बुटवल २२० केभी, बर्दघाट–सार्दी ह्वाङ्सी १३२ केभी, मोतिपुर–गुल्मी–अर्घाखाँची १३२ केभी, कोहलपुर–नेपालगन्ज १३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी, चमेलिया–स्याउले–अत्तरिया १३२ केभी दोस्रो सर्किट प्रसारण लाइन लगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । अधिकांश आयोजना आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछन् । 

विद्युत् प्रसारणलाई अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययन भइरहेको छ । न्यू बुटवल–लकही–कोहलपुर–न्यू अत्तरिया चार सय ४० केभी, अरुण हब–तिंला हब–लिखु हब–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर ४०० केभी, बुढीगण्डकी करिडोर ४०० केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट ४०० केभी, तुम्लिङटार–सितलपाटी २२० केभी, त्रिशूली–३ बी हब–रातमाटे २२० केभी, दैलेख–कालिकोटकोट–जुम्ला १३२ केभी प्रसारण लाइन अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ । 

बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० केभी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने १३२ केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ । यी पूर्वाधार बनेपछि नेपालमा खपत भई बाँकी विद्युत् भारतीय बजारमा बिक्री गर्न थप सहज हुनेछ ।

नेपाल र चीनबीच विद्युत् प्रसार गर्न रातोमाटे रसुवागडी केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको लागि नेपालतर्फको लाइनको सम्भाव्यता अध्ययन पूरा भएका छ । यो आयोजना कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x